आदर्श कृषि सहकारी संस्थाको अध्यक्षमा पुन : युवा समाजसेवी यादव चयन

रबिन्द्र यादव १० मंसिर २०८०, आईतवार समाचार

 

रबिन्द्र यादव / पश्चिम नवलपरासी   ।  आदर्श कृषि सहकारी संस्था लिमिटेड प्रतापपुर गाउँपालिका–९ माधवपर पश्चिम नवलपरासीको ८ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यक्षेत्र बनाएको सहकारीको निर्वाचनले पुनः युवा समाजसेवी सुदिप कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा फुलमति दुवी कमकर, सचिवमा राजु बरई, कोषाध्यक्षमा विश्वनाथ गुप्ता त्यस्तै संचालक सदस्यमा विन्दु प्रसाद गुप्ता,शशिकला थरुनी,द्रारिका कुमार चौधरी,सुरेश प्रसाद हरिजन चयन भएको निर्वाचन समितिले जानकारी दिएको हो । त्यसै गरी लेखा समिति संयोजकमा घनश्याम यादव (शंकर) चयन भएका छन् भने सदस्यमा खुमा चौधरी र अनिता देवी यादव चयन भएका छन् ।

वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले कतिपय सहकारी भागेको अवस्था रहे पनि आदर्श कृषि सहकारी संस्थाले हरेक काम स्वच्छ रुपमा काम गर्दा अझ बढी राम्रो गर्दै गइरहेको बताए । उनले आफ्नो गाउँ छिमेकी र समाजका सदस्यबाट सञ्चालित सहकारीबाट धोका नहुने बताए । प्रतापपुर गाउँपालिकाले पालिकाभित्रका सहकारीको निरीक्षण गरिरहेको उनले बताए ।

सहकारीका अध्यक्ष सुदिप कुमार यादवले आफ्नो ४ वर्षे कार्यकालमा १ वर्षसम्म कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीले आर्थिक कठिनाइ अवस्थामा हुँदा पनि शेयर सदस्यको संस्थाप्रतिको विश्वास र सहयोग रहेकोले सबल संस्थाको रुपमा अघि बढाउन सफल भएको बताए । उनले आगामी दिनमा पनि सहकारीले शेयर सदस्यको मन जितेर काम गर्ने बताए । आदर्श सहकारी संस्थाले विभिन्न जनचेतना तथा सिपमुलक विभिन्न लक्षित वर्गमा तालिमको आयोजना समेत गरिसकेको छ ।

आर्थिक वर्ष २०७९/८० सम्म संस्थाको आय. व्य. २ करोड ३० लाख ४९ हजार ६८२ रुपैया ३१ पैसा रहेको छ  ।

सहकारीले आर्थिक वर्ष २०७९ / ८० मा १३ लाख ६ हजार ७९० रुपैया ५९ पैसा शुद्ध मुनाफा गरेको सहकारीका व्यवस्थापक गोविन्द गुप्ताको जानकारी दिए । सहकारीमा हाल सम्म महिला र पुरुष गरी ९१६ जना शेयर सदस्य छन् । सहकारीले आफ्नो साधारणसभा तथा दोस्रो अधिवेशनमा विभिन्न दैनिक मासिक बचत कर्ता,जेष्ठ नागरिक तथा कर्मचारीलाई सम्मान समेत गरेको जनाएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार