१७ कार्तिक २०७७, सोमबार

सशस्त्र प्रहरीको ठुलो सफलता, ठुलो मात्रामा लागू औषधसहित एक भारतीय नागरिक पक्राउ

रबिन्द्र यादव रबिन्द्र यादव १७ कार्तिक २०७७, सोमबार समाचार
10.5kViews
1760 Shares

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवाले बिशेष सुराकीको अधारमा एक भारतीय नागरिकलाई ठुलो मात्रामा लागू औषधसहित पक्राउ गरेको हो ।

सरावल गाउँपालिका वडा नं ७ भन्सार टोलको पश्चिम दिशाको खेत हुँदै युपी ५६ एडी ३८६० नम्बरको भारतीय मोटरसाइकल सवार व्यक्ति लागू अौषध सहित जाँदै गरेको अवस्थामा पिकेट गस्ती टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला महाराजगंज गडौर बजारको बर्ष २७ का राजकुमार गुप्ता रहेका हुन । बि.ओ.पि.भुजहवाबाट खटिएको सीमा पिकेट ड्युटी टोलिले चेकजाच गर्दा निजको साथबाट डाईजापाम 2ml को -५४५ पिस, नुफिन 2ml को -५४० पिस, फेनरागन 2ml को -५४५ र ओनरेक्स सिरफ 100 ml को -२० पिस लागु औषध बरामद गरेको हो ।

यो पनि पढ्नुहोस् ...  बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन,काममा बाधा

हाल निज व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध र मोटरसाईकल सहित आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय परासी बुझाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए । जिल्लाको भुजहवा नाका लागू अौषध अोसारपसारको मुख्य नाकाको रुपमा लिइने गरिन्छ ।

यो पनि पढ्नुहोस् ...  उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार