ठुलो मात्रामा विस्फोट पदार्थ (पटाका) सहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा

रबिन्द्र यादव २३ आश्विन २०८०, मंगलवार समाचार

 

पश्चिम नवलपरासी  ।  भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको पिकअप सहित करिब साढे २६ लाख ५० हजार मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ । पटाकाको मुल्य अन्दाजी साढे नौ लाख ५० हजार रहेको छ ।

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमाण्डको टोलीले राती ८:३० बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठुलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको हो ।

पिकअपको अन्दाजी मुल १४ लाख रहेको छ । चेकजाँचको क्रममा पिकअप चालक भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो ।

बारुदजन्य पटाका स्थानीय पत्रकार,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेले जानकारी दिए । पिकअप लाई महेशपुर भन्सार पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको हो ।

चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको न्यौपानेले बताएका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार