माहुरी होमद्धारा प्रतापपुरलाई स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण

रबिन्द्र यादव १९ असार २०७७, शुक्रबार फोटो समाचार

नवलपरासी पश्चिम । जिल्लाको प्रतापुर गाउँपालिकालाई युनाेप्सद्धारा स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । गाँउपालिकाले त्रिभुवन बेलाटारी क्यम्पसमा सञ्चालन गरेको क्वारेन्टाईन व्यवस्थापनको लागि स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो ।

गाँउपालिकामा मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा सहज परीयोजना सञ्चालनमा रहेको छ । उक्त परियोजना गाँउपालिकाको वडा नं. ५ र ७ मा काम गर्दै आएको छ भने डिएफआईडिले आर्थिक सहयोग गरेको छ । यसै सहज परीयोजना अन्तर्गत डिएफआईडिले युनाेप्स मार्फत गाँउपालिकालाई पानी फिल्टर एक्वा १ वटा, डस्टविन १० वटा, खेल समाग्री बच्चाहरुको लागि ११ थान, सर्जिकल मास्क २० बट्टा, डिस्ईन्फेक्टेड स्प्रे मेसनि २ वटा र ५ लि को झोल औषधी २ वटा, हरलिक्स १३ वटा, लाईजोल ५ र फिनायल १० वटा, पानी टयांकी एक हजार लि. २ वटा प्याडल पावर हाथ धुने टंकी १ वटा, मर्यादा किट(महिलालाई आवश्यक कपडाहरु), पानी मोटर १ वटा, ओखती साबुन १२० वटा र सर्वोत्तम लिटो ४ वटा युनोप्सका गजेन्द्र यखाराईले गाँउपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीलाई हस्तान्तरण गर्नु भएको छ ।

गाँउपालिकाले बनाएको क्वारेन्टीन अझै व्यवस्थित गर्नको लागि सरसफाई समाग्रीहरु वितरण गरीएको छ भने स्वास्थ्य सामग्री क्वारेन्टीनमा बसेका बच्चा आमा सहितको परीवार र अन्य महिलाहरुलाई प्रदान गरिएको छ ।

केही दिन अगाडि माहुरी होमको सहकार्यमा र युनोप्सको सहयोगमा गाँउपालिकासँग छलफल गरी केही तथ्यांकहरु लिएको थियो । त्यसै अनुसार गाँउपालिकाले आवश्यक समाग्रीहरु बारे युनोप्सका गजेन्द्र यखाराईलाई जानकारी गराएको थियो । यसै अन्तर्गत बिहीवार माहुरी होमको सहकार्य र युनोप्स मार्फत डिएफआईडिकाे आर्थिक सहयोगमा गाँउपालिकालाई सहयोग गरेको गजेन्द्र यखाराईले बताए

त्यस्तै गाँउपालिका कार्यवाहक उपाध्यक्ष अन्जु कुमारी चौधरीले यस्तो विपदको समयमा गाँउपालिकाले मात्रै गर्न सम्भव नभएकोले यस्तै संघ संस्थाहरुको सहयोग आवश्यक रहेको बताउनु भयो । माहुरी होमद्धारा सञ्चालित सहज परियोजनाले पहिला पनि गाँउपालिकाको न्यायीक समितिलाई व्यवस्थित बनाउन सहयोग गरेको र अहिले पनि गर्दै आएकोले विशेष धन्यवाद ज्ञापन गरेको चौधरीले बताईन् ।

यसै विच गाँउापालिका प्रशासकिय प्रमुख घनश्याम गाँहा मगरले संस्थाले गरेको सहयोग सरहानिय भएको बताउनु भयो । क्वारेन्टीन व्यवस्थापन संयोजक हेमेन्द्र पंजियारले यस परियोजना मार्फत भएको सहयोग दिर्घाकालिन काम लाग्ने सामग्रीहरु रहेकोले गाँउपालिकाको केही आर्थिक क्षेत्रमा सहयोग पुगेको बताउनु भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार