म्यानमारमा भइरहेको हत्या र दमन रोक्न अपिल गर्दै लुम्बिनीमा प्रार्थना
भैरहवा ।मधेश मानवअधिकार गृह (माहुरी होम) का अधिकारकर्मीहरुले म्यानमारमा सैनिक कु पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग गर्दै लुम्बिनीस्थित म्यानमारको गोल्डेन मन्दिरमा प्रार्थना गरेकाछन् । उनीहरुले म्यानमार सैनिक कु पश्चात ज्यान गुमाउनेहरुको चिरशान्तिको कामना, सैनिक शासकमा सतबुद्धि आओस् भन्दै प्रार्थना गरेका हुन् । संस्थाले बुधबार एक अपिल जारी गर्दै म्यानमार भइरहेको मानवता विरोधी अपराधलाई तत्काल रोक्न र लोकतन्त्रको वहालीको विश्वशक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनीय कदम चाल्न माग गर्दै अपिलपत्र समेत जारी गरेको थियो । प्रार्थना कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले मन्दिरका प्रमुख भिक्षु भेन कोभिडालेलाई उक्त अपिलपत्र समेत बुझाएका थिए । अपिलपत्र बुझाउँदै अध्यक्षठाकुरले म्यानमारमा हालको सैनिक शासकले बालबालिकादेखि वृद्धसम्मलाई निर्मम हत्या गरी मानवता विरोधी अपराध गरेको बताए । यस्तो मानवताविरुद्धको अपराध गर्ने म्यानमारको सैनिक थप पढ्नुहोस् ...