सिके राउतलाई ठुलो झड्का , ७ जना केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

रबिन्द्र यादव १३ असार २०७७, शनिबार समाचार

रबिन्द्र यादव, नवलपरासी पश्चिम । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रिय सदस्यले पार्टी परित्याग गरेका छन् । डाक्टर राउत र सरकार बिचको ११ बुँदे सहमति र डाक्टर राउतको नेतृत्व प्रति असन्तुष्ट बनेका उनको राईट ह्याण्ड पार्टीका केन्द्रीय सदस्य कैलाश महतो सहित ७ जना केन्द्रिय सदस्यले पार्टीबाट सामुहिक रुपमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोष्णा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रिय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमित पासवान, कपिलबस्तुका हकिकुल्ला मुसलमान, सिरहाकि सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह सहित ७ जना पार्टीका केन्द्रिय सदस्यले पार्टी परित्याग गरेका हुन् । कैलाश महतो, डाक्टर राउतद्धारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक र राईटह्याण्ड पनि थिए ।

डाक्टर राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएकोे र आफनो एकल मनोमानी ढंगबाट पार्टी चलाउने कार्यप्रति असन्तुष्ट ति ७ जना केन्द्रिय सदस्यहरुले पत्रकार सम्मेलन मार्फत पार्टी परित्याग गरेको पार्टीका केन्द्रिय सदस्य कैलाश महतोले जानकारी दिए । उहाँका अनुसार आजदेखि हामी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने साथीहरुसंग छलफल गरि सार्वजनिक समेत गर्ने जानकारी दिए ।

त्यस्तै जनमत पार्टीका जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामुहिक राजिनामा दिएको छ । पार्टीका होनहार र योगदान गर्ने नेताहरुले पार्टी परित्याग गरेको देखेर पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेृत्वमा गठित २३ सदस्यि कार्यसमितिमा २ जना बाहेक २१ जनाले सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । जिल्लाका कार्यसमितिका ति पदाधिकारी तथा सदस्यहरु पनि डाक्टर सिकेराउतको नेतृत्व प्रति असन्तुष्ट हुदै जनमतले मधेशको भलो नहुने भन्दै पार्टीबाट सामुहिक राजिनामा दिएका हुन् ।

पार्टीको केन्द्रिय सदस्य रहेको कैलाश महतो, राजमति पासवान र धुव्र प्रसाद गौडको हस्ताक्षरित प्रेस विज्ञप्तीमा डाक्टर राउत पार्टी भित्र एकल तानाशाह, अहंकार, घमण्ड गर्ने र पार्टीभित्रै गुट–उपगुट गरि तत्कालिन स्वतन्त्र मधेश गठबन्धको मधेश आन्दोलनमा योगदान गर्ने जेलनेल काटने वास्तविक कार्यकर्ताहरुलाई पाखा लगाउदै आफ्नो नजिकका व्यक्तिहरुलाई पार्टीमा उच्च स्थान दिई भर्ति केन्द्र बनाएको समेतको आरोप लगाइएको उल्लेख छ । यता पार्टीका सदस्य बालगोविन्द चौधरीको नेतृत्वमा जनमत पार्टी भने विभिन्न गतिविधि गर्दै आएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार