नवलपरासी पश्चिममा पनि देखियो सलह किरा , किसान चिन्तित

रबिन्द्र यादव १५ असार २०७७, सोमबार समाचार

नवलपरासी पश्चिम । जिल्लामा पनि सलह किरा भेटिएका छन् । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ सुखौरामा सलह किराले प्रवेश गरेको स्थानीयले बताएका छन् । अहिले सुखौरा क्षेत्रमा रहेको रहर खेती संगै मकैबाली र रुखहरुमा सलह किरा बसिसकेका छन । एकाएक सलह किरा आएर खेतीमा बसेपछि सुखौरा क्षेत्रका किसानहरु चिन्तित बनेका छन् ।

करिव ४ बजेको समयमा सुखौरा माथीको आकासमा सलह किरा देखिएको र लगत्तै त्यस क्षेत्रका रुखहरु संगै रहर र मकै बालीमा सलह बसेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए । सलह दक्षिण तिरबाट प्रवेश गरेको शर्माले बताए । नवलपरासी पश्चिम पनि भारत संग जोडिएको जिल्ला भएकोले पनि भारतबाटै किरा प्रवेश गरेको हुन सक्ने जनाइएको छ ।

सुखौरा बर्दघाट नगरपालिकाको चुरे पहाडि क्षेत्र हो । जिल्लाको आकासमा यतिखेर सलह किराहरु उडेको प्रष्ट देख्न सकिन्छ । यो संगै नवलपरासीमा सलहको चपेटामा पर्ने देखिएको छ । छिमेकी जिल्ला रुपन्देहीमा पनि सलह किरा देखापरिसकेको छ । किसानहरुले दुःख गरेर लगाएको बाली किराले नष्ट गर्ने भएपछि स्थानियहरु निकै चिन्तित भएका छन् । सहल किरालाई नियन्त्रणमा ल्याउन अाक्समिक बर्दघाट नगरपालिकाले प्राविधिक सहितको टोली संग बैठक बस्ने तयारी भइरहेको मेयर शर्माले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार