नवलपरासी पश्चिम । जिल्लाका नमूना एकीकृत विकास परिषद ( नमुना ) भैरहवाको आयोजना, युनिसेफ र प्रतापपुर गाउँपालिका नवलपरासी पश्चिमको सहयोगमा २ दिने कोभिड १९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा प्रतापपुर गाउँपालिकाको वडाका वडा अध्यक्षहरु, सशस्त्र बेस र बिअोपी र इलाका प्रहरीका प्रमुख , विपद् व्यवस्थापन समिति कार्यदलका सदस्य, जनप्रतिनिधि गरि ३७ जनाको सहभागिता रहेको नमुना एकीकृत विकास परिषद भैरहवाका अध्यक्ष ज्ञानु पौडेलले बताइन् । तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिकाका प्रशासकिय अधिकृत घनश्याम गाहले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सबैमा आग्रह गरेका थिए ।
साथै गाहले ०७७ /० ७८ आर्थिक बर्षमा गाउँपालिकाले १ करोड सम्मको बजेट विपद व्यवस्थापन तथा कोरोना महामारी लगायतमा खर्च गर्न विनियोजन गरिएको जानकारी दिए, त्यस्तै नमूना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेलले तालिममा सैद्धान्तिक र व्यवहारिक संगै भुकम्प, पहिरो , बाढी , आगलागी, बन विनास, महामारी , आँधीहुरी, नदिकटान, आर्सेनिक प्रदुषण लगायतको बिषयमा पुर्व तयारीका र प्रतिकार्य योजनाको कसरी बनाउने भन्ने बारे जानकारी गराइएको बताइन । प्रशिक्षण बिजय सिंह ठकुरीले दिएका थिए ।
जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढ्दै गरेको छ । यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्ने गरेको छ । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गर्दछ। यस्ता प्रकोपहरुले बालबालिकालाई शारीरिक र मानसिक जोखिम पार्नुको साथै वयस्कहरुमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहि रहने हो ।
नवलपरासी पश्चिम जिल्लाका गण्डक कमान्ड क्षेत्रका साबिक १३ गाविसहरु हाल प्रतापपुर , सुस्ता र सरावल गाउँपालिका बाढि, आगलागी नदिकटान पटान र सर्पदंशको प्रभावित क्षेत्रको रुपमा लिइने गरिन्छ । नमुना एकीकृत विकास योजना ( नमुना ) भैरहवाले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, समरीमाई गाउँपालिका र नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा कार्यक्षेत्र रहेको नमुनाले जनाएको छ ।