अध्यक्ष प्रचण्डको सम्बोधन ‘माओवादी पुनर्गठन र पुर्ननिर्माणको महत्वपूर्ण पाइला सुरु भयो’
गएको केन्द्रीय समितिको बैठकले हामीले अब पार्टी बनाइ छाड्ने, पुरानै ठाउँमा पुर्याउने संकल्प गरेका थियौँ । वैचारिक राजनीतिक रुपले पनि हामी एउटा नयाँ संश्लेषण २१ औँ शताब्दीमा समाजवादको हाम्रो कार्यदिशा, कार्यनीति, रणनीति, अर्थतन्त्र, संस्कृति, राजनीतिका बारेमा पनि हामी एउटा निष्कर्षमा पुग्ने संकल्प गरेका छौँ । संगठनमा यस बीचमा देखा परेको निष्क्रियता, असन्तुष्टि, एकखालका अराजकता या गुटबन्दीको जुन अवस्था देखिएको छ, यसलाई अन्त्य गर्ने संकल्प पनि हामीले केन्द्रीय समितिबाट गरेका थियौँ । देशभरीका हालसम्मको प्राप्त रिपोर्टअनुसार हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) पुनर्गठन र पुर्ननिर्माणको महाअिभयानमा एउटा महत्वपूर्ण पाइला सुरु भएको छ । अब पार्टी निर्माण हामीले जुन स्पिरिटमा गर्न खोजेको हो, त्यही अनुसार अगाडि बढेको छ । हाम्रो पार्टी केही निष्क्रिय हुँदा, संगठनात्मक रुपले केही अस्तव्यस्त हुँदा, हाम्रा केही कमरेडहरुमा कन्फिडेन्सको थप पढ्नुहोस् ...











