डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित वडाध्यक्षको टिम नै नेकपा (माओवादी केन्द्र) मा प्रवेश भएका छन् ।
बुधबार अध्यक्ष गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी प्रवेश भएका हुन् । अध्यक्ष गुरुङ यसअघि नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
अध्यक्ष गुरुङसँगै डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर १ का अध्यक्ष क्याल्पो थापा, वडा नम्बर २ का अध्यक्ष छोइक्याप भोटे, वडा नम्बर ३ का वडाध्यक्ष पाल्जाङ लामा र वडा नम्बर ६ का कार्यवाहक वडाअध्यक्ष पेम्मा वाङछुक गुरुङ माओवादी प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
उनीहरुलाई स्वागत गर्नका लागि अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा, माओबादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, पूर्वमन्त्री सत्या पहाडी लगायत पुगेका थिए ।
माओवादीप्रति देशभर आकर्षण बढिरहेको बेलामा गाउँपालिका अध्यक्षसहितको प्रवेशले फेरि नयाँ सन्देश प्रवाह गरेको माओवादी नेताहरुले बताएका छन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






