सिन्धुपाल्चोक। बिगत लामो समय यता निरन्तर बर्साको कारण सिन्धुपाल्चोकको विभिन्न स्थानमा गएको बाढी पहिरोले गर्दा सयौंले ज्यान गुमाउन पर्यो भने हजारौं मानिस घरबारविहीन हुन पुगेका छन।प्रकृतिले ठगिएका र घरबार बिहिन भएका सयौ परिवारको एउटा असल साथिको रुपमा हाल रास्टिय युवा संघ नेपाल सिन्धुपाल्चोक देखिएको छ।


हाल पिडितहरूको निम्ति राहत बोकेर राष्ट्रिय युवा संघ सिन्धुपाल्चोक घटनास्थल पुगेको छ ।
अबिरल बर्षाका कारण पहिरोबाट पिडित स्थानियलाई त्रिपाल, टेन्ट र आवस्यक लत्ताकपडा र खानेकुरा बोकेर अनेकौं बाधा छिचोल्दै रास्टिय युवा संघ सिन्धुपाल्चोक दिनहु जसो जनको आसुमा साथ दिन पुगिरहेको छ ।


यस अघि पनि नगरपालिका, वडा कार्यालय र बिभिन्न संघसस्थाहरूको सहकार्यमा युवा संघले राहत बितरण गर्ने क्रममा जिल्लाको विभिन्न स्थानमा पुगिसकेको छ।नेकपाका जिल्ला नेता,कार्यकर्ता एबम रास्टिय युवा संघका जिल्ला संयोज लगाएत युवा टोली राहत बोकेर उद्दारको निम्ति तत्काल घटनास्थल पुगेको थियो । जिल्लामा आइपर्ने प्राकृतिक प्रकोपमा युवा संघ सधै उद्दार र राहतमा अग्रसर रहेको देख्दा जिल्लामा सबै क्षेत्रबाट चौतर्फी रुपमा हाल रास्टिय युवा संघ सिन्धुपाल्चोक प्रशंसाको पात्र बनेको देख्न सकिन्छ ।


उज्यालो नेटवर्कसगको छोटो कुराकानिमा रास्टिय युवा संघ नेपाल सिन्धुपाल्चोकका संयोजक रुपेन्द्र आचार्य ‘सबिन’ले भने जनताको पिडामा थोरै भए पनि मलम लगाउने हामी आम युवाहरुको कोशीस हो यद्यपि यो पर्याप्त भने छैन त्यसैले राज्यको माथिल्लो निकायलाई हामिले आग्रह गरिरहेका छौ आसा छ सम्बोधन हुनेछ।


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ नागपुजेमा गएको पहिरोबाट बिस्थापित भएका दुई दर्जन भन्दा बढि घरपरिवारका लागि युवा संघको सक्रियतामा तत्काल आबस्यक राहत बितरण गरिसकिएको छ ।
हालसम्म बाह्रविसे नगरपालिका घुम्थाङ पहिरोमा पुरीएर वेपत्ता भएका मध्ये आज थप एक जनाको शब भेटीएको छ।हालसम्म उक्त पहिरोमा परि ज्यान गुमाउनेको कुल संख्या १५ पुगेको छ भने अझै १६ जना वेपत्ता रहेका छन् ।






