माओवादी शिथिल हुँदा प्रतिक्रियावादीले टाउको उठाए, अब माओवादी जाग्छ : प्रचण्ड

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो पार्टी फेरि जाग्ने दाबी गरेका छन्। नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

केही वर्षदेखि माओवादी शिथिल देखिएकाले प्रतिक्रियावादीहरुले टाउको उठाउने मौका पाएको बताउँदै प्रचण्ड ले फेरि माओवादी जागेर शक्तिमा फर्किने जिकिर गरे।

‘माओवादी जाग्न खोज्दै छ। हामीले फेरि एकपटक उत्पीडितका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिको मुद्दा लागु गर्न क्रान्तिकारी पार्टी बनाउन जस्तोसुकै आन्दोलन गर्न संकल्प गर्नुपर्छ’, उनले भने, ‘माओवादी केही वर्षयता केही शिथिल जस्तो देखिएकाले प्रतिक्रियावादीले टाउको उठाएका छन्। षड्यन्त्र सकिएको छैन। माओवादी फेरि जाग्नेछ।’

उनले देशका ६ वटा प्रदेश गठबन्धनको सरकार बनाउन ठूलो दुःख गर्नुपरेको बताए। ‘जति सेटिङ भए पनि मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुँदो रहेछ’, उनले भने, ‘६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ। यो सानो दु:खले आएको होइन।’

माओवादीलाई क्रान्तिकारी पार्टी बनाइ छाड्ने सङ्कल्पलाई पूरा गर्नुपर्ने दाहालले बताए। विचारधारात्मक प्रश्नमा जति छलफल भनेजति प्रशिक्षण नहुँदा माओवादीमा वैचारिक संकट आएको उनले बताए।

‘माओवादी सकियो भनेर केहीले ठूलो प्रचार गरे पनि प्रतिगमन विरोधी आन्दोलनबाट सिद्धिएका रहनेछौँ भन्ने देखिएको छ’, प्रचण्ड ले भने।

प्रचण्डले सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली आफूलाई सिद्याउन लागे पनि बताए।

‘तपाईँहरुले हिजो अस्तिका भाषण सुन्नु भएकै होला। उनको ‘टार्गेट’ मा माओवादी रहेनछ, प्रचण्ड रहेछन्’, ओलीको नाम उच्चारण नलिइ उनले भनेका छन्, ‘प्रतिगामीहरु जसरी भए पनि प्रचण्ड सक्ने अभियानमा छन्। अहिले सबै मिलेर प्रचण्डलाई हराउन लागेका छन्। व्यक्तिगत हारजितको कुरा भएन। अन्तिसम्म लडिरहन्छु।’

आफूहरुसँग टक्कर नलिन चेतावनी दिँदै माधव नेपालले भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार