केपी ओली महाठग रहेछन् : प्रचण्ड

उज्यालो प्रतिनिधि ५ चैत्र २०७७, बिहीबार मुख्य नेटवर्क

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली महाठग रहेको आरोप लगाएका छन् ।

सिन्धुलीमा कार्यकर्ता भेटघाटमा उनले केपी ओली हस्ताक्षर गर्ने र कार्यान्वयन गर्दै नगर्ने महाठग भएको आरोप लगाएका हुन् । ‘केपी ओली महाठग रहेछन्, यस्तो ठग अहिलेसम्म भेटिएको छैन । हस्ताक्षर धेरै गर्ने तर कार्यान्वयन गर्दै नगर्ने’ उनले भने ।

त्यस्तै ओलीले पार्टी एकता सुरुदेखि नै भंग गर्न खोजेको समेत उनले बताए । ‘पार्टी एकता गर्ने हामी, फेरि भत्किन्छ कि भनेरजोगाउन पनि हामी लाग्नुपर्यो । मैले त न पार्टी एकता भत्किन्छ कि भनेर ५ वर्ष नै प्रधानमन्त्री खानुस् भनेर दिए’ प्रचण्डले भने, ‘केपीको एउटै रणनीति छ त्यो भनेको माओवादीले स्थापना गरेको उपलब्धि सिधयाउने । त्यो भनेको प्रचण्डलाई सिध्याउने हो, तपाईहरुले बुझ्नुहोला ।’

उनले अहिले सरकारबाट केपी ओलीलाई बिदा गर्ने र सरकार नयाँ बनाउनेतिर छलफल चलिरहेको र छलफल सकारात्मक भइरहेको पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार