काठमाण्डौ । नेकपा स्थायी समितिको बैठकले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबारको स्थायी समिति बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
उनका अनुसार पार्टीले यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय लिइनेछ।






