जिल्लाका ५६ वटै मस्जिद मदरसाको अनुगमन,कोही पनि जमाती लुकेर नबसेको निष्कर्ष
परासी । पश्चिम नवलपरासीका मस्जिद–मदरसा अनुगमनको क्रममा कोही पनि जमाती लुकेर नबसेको पाइएको छ । जिल्लाका ७ वटै स्थानिय तहमा रहेको ५६ वटा मस्जिद–मदरसा अनुगमनमा मुस्लिम समुदायले लकडाउनको पालना गरेको, मस्जिदमा सामुहिक नमाज नभएको र कुनै पनि जमाती वा भारतिय अपरिचित व्यक्ति लुकेर नबसेको पाइएको छ । नेपाल मुस्लिम आयोगद्धारा गठित मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले एक हप्ता लगाएर जिल्लाको ५६ वटै मस्जिद मदरसाको अनुगन गर्दै मस्जिदमा भिडभाड नगरी घरमै नमाज पढन र लकडाउनको पुर्ण पालना समेत गर्न समितिले समुदायलाई आग्रह गरेको आज परासीमा आयोजित पत्रकार सम्मेलन मार्फत समिति संयोजक बि बि खरालले जानकारी दिए । अनुगमन स्थानिय तहका प्रमुख र स्थानिय प्रशासनको रोहबरमा गरिएको हो । पत्रकार सम्मेलनमा, जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन गरि सोको प्रतिवेदन सार्वजनिक गर्दै एक प्रती थप पढ्नुहोस् ...











