कोरोना सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलियो

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार प्रवास

जाकार्ता । कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ ।
आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।

राष्ट्रपति जोको विडोडोले सोमबार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाचन पछाडी सरेको घोषणा गरेका हुन् ।
उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुनेगरी तय गरिएको जानकारी दिएका छन् ।

Dish_Home
अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ की हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट पारेका छन् ।
विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नु पर्ने बेला भएको हो ।

राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधबार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्ने छ ।
ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नु पर्ने वेभसाईटमा उल्लेख गरिएको छ ।

इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४३८ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार