रसियामा कोरोना भाइरस तीब्र रुपमा फैलिदै, संक्रमितको संख्या १ लाख ६५ हजार पार
काठमाडौँ । रसियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । लगातार चौथो दिन पनि रसियामा १० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् । एकैदिन ८६ जनाभन्दा बढीको ज्यान गएको छ । योसँगै रसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५३७ पुगेको छ । संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको छ । २३०० जनाको अवस्था गम्भिर रहेको छ भने १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अन्य देशको तुलनामा रसियामा संक्रमितहरुको मृत्युदर न्युन रहेको छ । थप पढ्नुहोस् ...












