एजेन्सी । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९) का कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय २५ जनाको मृत्यु भएको छ भने २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।
हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ ।
यद्यपि, संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निकोसमेत भएका छन् ।






