काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठकमा बबण्डर मच्चिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको चर्को आलोचना भएपछी बबण्डर मच्चिएको हो ।
बबण्डर पछी आलोचित बनेका प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका छन । अन्य नेताहरु भने बैठक कक्षमै छन ।
यस अघिको सहमति कार्यन्वयनमा प्रधानमन्त्रीले आनाकानी देखाएपछी बबण्डर मच्चिएको बताइएको छ । भोली नेकपाको स्थायी कमिटी बैठक पनि बस्दैछ ।






