उपत्यकामा भित्रने सवारी साधनमा थप कडाइ, १०३ सवारी साधनलाई फर्काइयो
काठमाडाैं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाएको छ । यसै क्रममा आज काडमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिईन् । उपप्रमुख खड्गीलाई जानकारी लिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ सवारीलाई यहीँबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए । पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा थप पढ्नुहोस् ...











