पुनः गुट फेर्ने दौडधुपमा नेता गौतम

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार समाचार

काठमाडौं । गत सचिवालय बैठकमा रातारात साम्य भएको नेकपाको विवाद स्थायी समितिको पूर्वरार्धमा पुनः बल्झिएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्रीले पूर्वसहमति अनुसार ‘एक व्यक्ति एक पद’को व्यवस्थालाई लागू गर्न नमानेपछि विवाद पुनः उत्कर्षमा पुगेको हो ।

यसैबीच यसअघिको बैठकमा नाटकीयरुपमा समीकरण फेरेका कारण राजनीतिक तरङ्ग ल्याएका वामदेव गौतमले पुनः खुमल्टार फर्किएको प्रचण्डनिकट एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार उपाध्यक्ष वामदेव गौतमले बुधबार बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका हुन् । भेटमा गौतमले आफू प्रचण्ड-नेपालकै कित्तामा रहेको स्पस्टिकरण दिएका छन् । गौतमको भनाई उद्धृत गर्दै उनले भने, ‘म भेट्न आउँछु, प्राविधिक कारणबस अस्ति जे जस्तो भएतापनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन, छाड्ने छैन ।’

गौतमले यसअघि पनि नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई एकल अध्यक्ष बन्नुपर्छ भन्दै आफूले त्यसको लागि लड्ने वचनवद्धता व्यक्त गरेका थिए । अचानक क्याम्प फेरेपछि गौतमको सामाजिक सञ्जालमा व्यापक आलोचना हुँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार