किटको अभाव, क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइयो
प्युठान । बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् । जिल्लाभरबाट ११६ जना फिर्ता गरिएकामा चार जनाको मात्रै आरडिटी गरिएको र ११२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए । “सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छौँ”, श्रेष्ठले भने, “एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि थप पढ्नुहोस् ...












