काठमाण्डौ । लकडाउनको सुरुवातमा ग्यासको अभाव देखिएको थियो तर अहिले मुलुकभर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् ।
एलपी ग्यास उद्यो संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ । उनका अनुसार सबै ग्यास उद्योगसँग १० हजार मेट्रिकटन ग्यास मौज्दात छ ।
लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको संघले जनाएको छ ।
यो खबर आजको राधजानी दैनिकमा छापिएको छ ।






