काभ्रेमा मोबाइल व्यवसायी संघ गठन
काभ्रे । लामो समयदेखि मोबाइल व्यवसायमा संलग्न काभ्रेका मोबाइल व्यवसायीहरु संगठित भएका छन् । जिल्लाका मोबाइल व्यवसायीहरु संगठित हुँदै काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरु संघले व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवद्र्धननका लागि काम गर्ने नवगठित मोबाइल व्यवसायी संघ काभ्रेका कोषाध्यक्ष मधुर दाहालले जानकारी दिए । संघको अध्यक्षमा सत्य श्रेष्ठ, उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवनराज कर्णजित र कोषाध्यक्षमा मधुर दाहाल चयन भएका छन् । यस्तै सहसचिवमा अमिर रन्जित, सह–कोषाध्यक्षमा विशाल ढकाल तथा कार्यसमिति सदस्यहरुमा सुजन ताम्राकार, रोशन श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । थप पढ्नुहोस् ...












