कांग्रेसमा वडास्तरदेखि नै योग्य नेतृत्व छानौँ : नेता सिंह

उज्यालो प्रतिनिधि २३ असार २०७८, बुधबार समाचार

काठमाण्डौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरिय भर्चुअल अन्तरक्र्रियामा उहाँले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएको हो । नेता सिंहले आफू काठमाडौँको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गरे । नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए । “महिलालाई जति सशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ”, उनले भने । केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताए। प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको महिला आन्दोलनमा मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताए । “स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ”, उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार