शिवु खनाल/दाङ । अभिभावक बिहिन मुक्त कमलरीहरूले उच्च शिक्षा पढ्नको लागि शिक्षा मन्त्रालयबाट पाउदैँ आएको सेवा सुविधा मन्त्रालयले कटौती गरेको छ । दाङको नर्ती स्थित लावाजुनी छात्रवासमा बसेर अध्यन गर्दै आइरहेको ४६ जना अभिभावक बिहिन मुक्त कमलरीहरुलाई उच्च शिक्षाको लागी प्रत्येकवर्ष नेपाल सरकारको शिक्षा मन्त्रालयबाट प्रति व्यक्ती चालिस हजारका दरले छात्रवृत (बजेट) विनियोजन गर्दै आइरहेको थियो । नया आर्थिक वर्षबाट उक्त बजेट मन्त्रालयले कटौती गरेको छ ।
वर्षोदेखि नियमितरूपमा पाउँदै गरेको बजेट शिक्षा मन्त्रालयले कटौती गरेपछि अभिभावक बिहिन ४६ जना मुक्त कमलरीहरू घरनघाटका जस्तै बनेका छन् । मन्त्रालयले ४६ जना मुक्त कमलरीहरुका लागी प्रति व्यक्ती चालिस हजारका दरले छात्रवृत र दुईलाख पचास हजार छात्रबास व्यवस्थापनको लागी बजेट विनियोजन गर्दै आएको थियो । उक्त बजेट नया आर्थिक वर्ष ०७८÷०७९ सानउ महिनबाट कटौती गरेपछि लावाजुनी छात्रवासमा बसेर उच्च शिक्षा हाँसिल गर्दै आइरहेको अभिभावक बिहिन ४६ जना मुक्त कमलरीहरू अहिले घरनघाटका भएको सोसाइटी वेल फेएर नेपाल ९स्वान० दाङका अध्यक्ष कृष्णकुमार चौधरीले बताए ।
नर्ती स्थित लावाजुनी छात्रवासमा बसेर स्नातक तहमा अध्यनन गरिरहेकी आशा चौधरीले शिक्षा मन्त्रालयबाट बजेट कटौती भएपछि असार पछि हामी अभिभावक बिहिन मुक्त कमलरीहरु कहाँ जाने भन्ने बारे दुख व्यक्त गरे । ‘साउन ११ गतेदेखि वि।वि।यस प्रथम वर्षको परिक्षा सुरु हुदैँछ । तर, तयारी केहि छैन । यो छात्रवासमा बसेर पढ्ने भनेको असारसम्म मात्रै हो, उनले भने,—। ‘न घर, न द्धार । साउन एघार गतेको परिक्षा कहाँ बसेर दिने हो । गास, बास र कपास नभएका हामी अभिाभावक बिहिन मुक्त कमलरीहरु के गर्ने हो । सरकारले हामी मुक्त कमलरीहरु प्रति अनन्या ग¥यो ।’
नर्ती लावाजुनी छात्रवासमा बसेर अध्यन गर्दै आइरहेको ४६ जना मध्य एघार जना मुक्त कमलरीहरुको परिक्षा साउन एघार गतेदेखि वि।वि।यस प्रथम वर्षको परिक्षा सुरु हुदैँछ । उनिहरुले वर्षोदेखि बसेर अध्ययन गर्दै आएको छात्रवासबाट आफुहरुलाई हटाउन लागेको भन्दै परिक्षाको तयारी केही नगरेको बताउछन् । अघिल्लो वर्ष कक्षा ११ र १२ उतिर्ण गरेतानी मनत्रालयले बजेट कटौती गरेपछि उनिहरु नयाँ शैक्षिकसत्रको भर्ना हुन भने पाएका छैनन् ।
छात्रवासबाट हटाउने भएपछि बिहे गर्न बाध्य नर्ती स्थित लावाजुनीमा बसेर अध्ययन गर्दै आइरहेका छजना मुक्त कमलरीहरुले बिहे गरेका छन् । शिक्षा मन्त्रालयले नियमित रुपमा प्रदान गर्दै आइरहेको छात्रवृत कटौती गरेपछि अभिभावक बिनिह छजना मुक्त कमलरीहरु बिहे गर्न बाध्य भएको उनिहरुले बताएका छन् ।
‘पढ्ने इच्छाशक्ती हुदाँहुदँै पनि बाध्यताले छजनाले बिहे गरेर जानुभयो । कसैको अभिाभावक छन् भने कसैको अभिाभावकै छैनन् । अभिभावक भएका अशक्त, अपाङ् हुनुहन्छ, छात्रवासमा अध्यनरत आशा चौधरीले भने,—। ‘शिक्षा मन्त्रालयले हामी मुक्त कमलरीहरुका लागी विनियोजन गर्दै आइरहेको बजेट बन्द गरेपछि अव असार पछि कहाँ खाने, कहाँ बस्ने, कता आश्रीत हुने भन्ने समस्या उत्पन्न उतिमा बुढाथोकी, सञ्जु चौधरी, सम्झना चौधरी, सीता चाधरी, विनु चौधरी, निर्मला चौधरीले बाध्यताले बिहे गर्नुभएको हो ।’ स्थानीय सरकार आए देखि यस्तो समस्या सृजना भएको हो । यसभन्दा अगाडि हामीहरुलाई राम्रो व्यवस्था थियो ।
सोसाइटी वेल फेएर नेपाल (स्वान) दाङ्गका अध्यक्ष कृष्ण कुमार चौधरीले मुक्त कमलरी छात्राहरुको पढाई, लेखाई र अन्य ब्यवस्थापन गर्ने भनेर शिक्षा मन्त्रालय मार्फत प्रत्येक वर्ष ४० हजार रुपैयाँ आउने गरेको थियो । एकाएक उनीहरुले पाउँदै आएको सेवा कटौती हुँदा व्यवस्थापन कसरी गर्ने भन्ने सकस भएको उनले बताए ।
लावाजुनी छात्राबासको अनुगमन
लावाजुनी मुक्त कमलरी छात्राबासको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले सबैलाई न्यायोचित नजरले हेर्ने राज्यको दायित्व भएको बताउनुभयो । नर्ती स्थित छात्रवासको अनुगमन गर्दै मुक्त कमलरी विद्यार्थीहरुको समस्याका बारेमा स्थानीय पालिकासंग बसेर निकास निकाल्नका लागि समन्वय गर्ने बताउदै समन्वय समिती दाङ मुक्त कमलरीहरुको उत्थानका लागि संगसंगै रहेको बताए । यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तीन तहमा सरकार गैसकेपछी यी समस्यालाई कस्ले जिम्मा लिने भन्ने कुरामा जनप्रतिनिधि अलमल परेकी जस्तो लाग्छ तर राज्यले सबभन्दा धेरै पछि परेका मुक्त कमलरी र अन्य समुदायलाई पहिलो प्राथमिकतामा राख्ने गरेको भन्दै छात्राबास बाट निस्किन पर्छ कि खाना खाने पाइदैन कि भनेर पिर नगर्न आग्रह गरे ।
शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख मित्रप्रसाद गौतमले शिक्षा बिभागले एकजना विद्यार्थी बराबर मासिक ४ हजार रुपैयाँ सहयोग गर्दै आएको बताए । त्यस्तै कोचिङ कक्षा संचालन गर्नका लागि पनि सरकारले रकम पठाउने गरेको थियो । ब्याचलर लेभलमा पढ्नेहरुको लागि खानबस्नेका लागि बजेट आउछ ढुक्क भएर बस्न आग्रह गर्नभयो । छात्राबासको समस्याका बारेमा शिक्षा बिभागमा जानकारी गराउने प्रमुख गौतमले बताए । अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुशन्धानक जिल्ला प्रमुख अर्जुन भण्डारी लगायतको उपस्थिति रहेको थियो । मुक्त कमलरी विकास मंचका अध्यक्ष शान्ति चौधरी र सोसाइटी वेल फेएर नेपाल (स्वान) दाङ्गका अध्यक्ष कृष्ण कुमार चौधरीले १४ बुंदे माग सहितको ध्यानाकर्षण पत्र दाङका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री शंकर पोख्रेललाई बुझाएका छन् ।।






