निर्वाचन आयोगद्वारा जसपा विवाद निरुपण गर्न इजलास गठन

उज्यालो प्रतिनिधि २३ असार २०७८, बुधबार समाचार

काठमाण्डौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।आयोग पदाधिकारीको आजको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्वन्धी ऐनअनुसार मङ्गलबार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगमा निवेदन दिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार