बाढीबाट धान खेत नष्ट
तनहुँ । अविरल वर्षासँगै आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक हजार पाँच सय रोपनी भन्दा बढी धान खेत नष्ट गरेको छ । शुक्लागण्डकी –८ र १० सो क्षति भएको हो । शुक्लागण्डकीका ठूला फाँटहरुमा बाढीले क्षति पु¥याएको कृषि शाखा प्रमुख नवराज पण्डितले बताए । बाढीले धान खेतमा पु¥याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङ्क सङ्कलन थालेका छन् । “क्षतिको विवरण सङ्कलन हुदैछ । यो भन्दा बढी पनि क्षति भएको हुन सक्छ,” उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन भएपछि किसानलाई राहतका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौ ।” गत वर्ष पनि जिल्लामा बाढीले धानखेतीमा ठूलो क्षति पु¥याएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लाका करिब १३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति भएको थियो । यसपाली असारमै आएको बाढीले कति क्षति थप पढ्नुहोस् ...












