बाढीबाट धान खेत नष्ट

उज्यालो प्रतिनिधि २५ असार २०७८, शुक्रबार समाचार

तनहुँ । अविरल वर्षासँगै आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक हजार पाँच सय रोपनी भन्दा बढी धान खेत नष्ट गरेको छ । शुक्लागण्डकी –८ र १० सो क्षति भएको हो ।

शुक्लागण्डकीका ठूला फाँटहरुमा बाढीले क्षति पु¥याएको कृषि शाखा प्रमुख नवराज पण्डितले बताए । बाढीले धान खेतमा पु¥याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङ्क सङ्कलन थालेका छन् ।

“क्षतिको विवरण सङ्कलन हुदैछ । यो भन्दा बढी पनि क्षति भएको हुन सक्छ,” उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन भएपछि किसानलाई राहतका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौ ।”

गत वर्ष पनि जिल्लामा बाढीले धानखेतीमा ठूलो क्षति पु¥याएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लाका करिब १३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति भएको थियो । यसपाली असारमै आएको बाढीले कति क्षति पुगेको यकिन विवरण प्राप्त नभएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

शुक्लागण्डकी –१० पिप्लेडिहीका कृष्णराज पौडेलले १५ मुरी भन्दा बढी चैते धान बाढीले नष्ट गरेको बताउनुभयो । ‘१५ मुरी आउने खेतमा धान पाकेको थियो । २५ मुरी फल्ने खेतमा भर्खर रोपेका थियौँ,” उनले भने, “थन्क्याउन नपाउँदै आएको बाढीले सबै सोत्तर बनायो ।” खेत भन्दा निकै माथिबाट खसेको बाढीपहिराले हरियो फाँटमा ग्रेगानको थुप्रो भरिएको उहाँले जानकारी दिए ।

शुक्लागण्डकी –८ मान्द्रेफाँटकी सूचना विकले अर्कैको खेतमा अधियाँ रोपेको धान बाढीले नष्ट गरेको दुःखेसो पोख्नुभयो । “मुरी उब्जाउने लक्ष्यले मानो रोपेको धान मुठ्ठी पनि भकारीमा राख्न नपाउँदा परिवारको पेट कसरी भर्ने चिन्ताले सताएको छ,” उनले भने “दुःख गरेर खेत रोपियो, गोडियो, अहिले आएर सबै नष्ट भयो ।”

म्याग्दे गाउँपालिकाको फाँटहरुमा लगाइएको धान खेतीमा पनि ठूलो क्षति पुगेको छ । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउाँलिका–६ का दीर्घबहादुर भण्डारीले बताए।

उत्पादन हुने धान बेचेर गुजारा टार्दै आउनुभएका भण्डारीले यस वर्ष आफैलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गरेका छन । खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमिन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ ।

म्याग्देका कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताउनुभयो । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ,” उनले भने । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । –

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार