फाइनल पुग्न अर्जेन्टिना र कोलोम्बिया भिड्दै

उज्यालो प्रतिनिधि २३ असार २०७८, बुधबार खेल

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ६:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरमाथि ३-० को जित हासिल गर्दा कप्तान लिओनेल मेस्सी खेलका नायक बनेका थिए । रोड्रीगो डे पल र लाउटारो मार्टिनेजको गोलमा असिस्ट दिएका मेस्सीले आफैं पनि फ्रिकिकमा गोल गरेका थिए । यता कोलोम्बिया भने उरुग्वेलाई टाइब्रेकरमा पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल रहेको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि कप्तान डेविड ओस्पिनाले २ पेनाल्टी बचाउँदा टोली ४-२ ले विजयी रहेको थियो ।

हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४० पटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका छन् । अर्जेन्टिनाले २३ खेल जित्दा ८ बराबरी र ९ हारको नतिजा निकालेको छ । यसै वर्षको सुरुवातमा भएको खेल भने २-२ को बराबरीमा सकिएको थियो । अर्जेन्टिनाले २-० को अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेको थिएन ।

अर्जेन्टिनाले यस खेलमा डिफेन्डर क्रिस्टियन रोमेरोको साथ पाउनेछैन । यस्तै अघिल्लो खेलमा बेन्चमा रहेका विंगर एन्जल डी मारिया भने टोलीमा फर्कने सम्भावना छ । आक्रमणमा पर्याप्त विकल्प रहेका प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरोलाई पछिल्ला खेलमा खासै स्थान दिएका छैनन् ।

यता कोलोम्बियाका लागि भने हामेस रोड्रीग्वेजको अनुपस्थितिमा पनि टोलीले राम्रो नतिजा निकालेको छ । मिडफिल्डर याइरो मोरेनो र माटिअस उरिबेको अनुपस्थितिले भने टोलीलाई केहि कठिन हुन सक्नेछ । आक्रमणमा लुइस मुरिएल र डुभान जपाटाको गतिले भने कोलोम्बियालाई केहि सघाउ हुनेछ ।

यस खेलको विजेताले फाइनलमा उपाधिका लागि ब्राजिलसँग खेल्नेछ । साविक विजेता समेत रहेको आयोजक ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले हराएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार