एमाले प्रवेश गरेका माओवादीलाई अलपत्र पर्ने डर ! खड्गप्रसादले वास्ता नगरेको गुनासो
काठमाडौं । एमाले प्रवेश गरेका माओवादीहरु अलपत्र पर्ने डरमा परेका छन् । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच कार्यदलस्तरमा १० बुँदे सहमति भएसँगै माओवादीबाट एमाले प्रवेश गरेकाहरु अलपत्र पर्ने डरमा परेका हुन् । प्राप्त सुचनाअनुसार सोमबार बिहान ११ बजेको समयमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीको पहलकदमीमा एमाले प्रवेश गरेका नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा उनीहरुले आफूहरुको राजनीतिक जीवन अलपत्र पर्ने सक्ने निष्कर्ष निकालेका हुन् । बैठकपछि एकजनाले उज्यालो नेटवर्कसँग भने, ‘खासमा हामी एमाले हुनका लागि ओलीसँग लागेका होइनौँ, हामी एमाले माओवादी मिलेर बनेको नेकपाको निरन्तरताका लागि ओलीसँग लागेका हौँ, अहिले हामीलाई एमालेमाथि एमाले बनाउन खोजियो ।’ उनले थपे, ‘हामी नेकपाकै निरन्तरता चाहन्छौँ, तर ओलीजी उही एमाले बनाउनेमा लाग्नुभयो, माधव नेपाल समुहसँगको १० बुँदे सहमति थप पढ्नुहोस् ...












