एमाले प्रवेश गरेका माओवादीलाई अलपत्र पर्ने डर ! खड्गप्रसादले वास्ता नगरेको गुनासो

उज्यालो प्रतिनिधि २८ असार २०७८, सोमबार समाचार

काठमाडौं । एमाले प्रवेश गरेका माओवादीहरु अलपत्र पर्ने डरमा परेका छन् । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच कार्यदलस्तरमा १० बुँदे सहमति भएसँगै माओवादीबाट एमाले प्रवेश गरेकाहरु अलपत्र पर्ने डरमा परेका हुन् ।

प्राप्त सुचनाअनुसार सोमबार बिहान ११ बजेको समयमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीको पहलकदमीमा एमाले प्रवेश गरेका नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा उनीहरुले आफूहरुको राजनीतिक जीवन अलपत्र पर्ने सक्ने निष्कर्ष निकालेका हुन् ।

बैठकपछि एकजनाले उज्यालो नेटवर्कसँग भने, ‘खासमा हामी एमाले हुनका लागि ओलीसँग लागेका होइनौँ, हामी एमाले माओवादी मिलेर बनेको नेकपाको निरन्तरताका लागि ओलीसँग लागेका हौँ, अहिले हामीलाई एमालेमाथि एमाले बनाउन खोजियो ।’

उनले थपे, ‘हामी नेकपाकै निरन्तरता चाहन्छौँ, तर ओलीजी उही एमाले बनाउनेमा लाग्नुभयो, माधव नेपाल समुहसँगको १० बुँदे सहमति त्यसैको निरन्तरता हो ।’

बैठकमा रामबहादुर थापाले पनि पछिल्लोपटक ओलीसँग भएको छलफलबारे संक्षिप्तमा बोलेका थिए । ‘पहिले चाहिँ हामी भएपछि सबै पुग्यो भन्नेखाले ओलीजीको बुझाई थियो, अहिले हाम्रो टोलीलाई खासै वास्ता गर्नुभएको छैन’ रामबहादुरको भनाई उदृत गर्दै ती नेताले भने ।

अनौपचारिक छलफलले एमालेलाई नेकपामा रुपान्तरणका लागि ओलीसँग वार्ता र संघर्ष जारी राख्ने निष्कर्ष पनि निकालेको छ । छलपलबारे टोपबहादुरले उज्यालो नेटवर्कसँग भने, ‘अनौपचारिक छलफल त भइरहन्छ, त्यस्तो खास छलफल केह भएको छैन ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार