काठमाडौँ । युरो २०२० अन्तर्गत आइतबार राति फाइनल खेल हुँदै छ । लन्डनको वेम्बली स्टेडियममा राति १२ : ४५ बजे हुने खेलमा उपाधिका लागि घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्नेछ ।
सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई २–१ ले हराएको थियो ।
आन मध्यरातमा उपाधिका लागि इटाली र इंगल्याण्ड भिड्नेछ । दुवै टिमले आफ्नो सम्पूर्ण सामथ्र्य उपाधिका लागि लगाउने निश्चित छ । दुवै टिमका खेलाडी तथा प्रशिक्षकले खेल जित्ने दावी गरेका छन् ।






