काठमाडौं । प्रतिगमनको विरुद्धमा आन्दोलनमा रहेका पाँच विद्यार्थि मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन असार २८ गते आइतार दिउँसो १ बजे काठमाडौंको बानेश्रस्थित होटल अर्यालमा राखिएको छ ।
पेट्रोलियम पदार्थमा पटक–पटक गरि जनताको ढाड सेक्नेगरि गरिएको व्यापक मुल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिनै लाग्दा विपक्ष विद्यार्थी मोर्चाले पत्रकार सम्मेलन राखिएको हो ।
पत्रकार सम्मेलन मार्फत ओली सरकारलाई घुँडा टेकाउने गरि निकै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।
पत्रकार सम्मेलनमार्फत प्रतिगमन बिरुद्ध जारी आन्दोलका आगामी रणनिती तथा नेपाल वायुसेवा निगमको निजिकरण गरेर सरकारी ध्वजाबाहक कम्पनी डुवाउने गरि सरकारले चालेको पछिल्लो कदमबिरुद्ध समेत विद्यार्थी संगठनहरुले संयुक्त धारणा र कार्यक्रम सार्वजनिक गर्ने मैनालीले बताए ।






