काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ ।
योसँगै एमाले प्रवेश गरेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझी लगायतका नेताको दावी खारेज भएको छ ।
माओवादी केन्द्र अवैधानिक भएको भन्दै अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा निवेदन दिएका थिए । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकता कायम रहेको भन्दै उनीहरुको दावी खारेज गरेको हो ।






