अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

रियो डे जेनेरियो । दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।

यससँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए ।

खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन । त्यसमा अफसाइडको निर्णय दिइएको थियो ।

सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार