टोपबहादुर जी ! माओवादीबारे तपाईंको बकबास धेरै भयो : नेता चौलागाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले एमालेमा हालै प्रवेश गरेका नेता टोपबहादुर रायमाझीको बकबास धेरै भएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्र अवैधानिक भएको बताउँदै टोपबहादुर लगायत एमाले प्रवेश गरेका माओवादीहरु माओवादी पार्टी खारेज गर्नुपर्ने अडानमा छन् ।

सोही विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै चौलागाईले एमाले मिल्दै गर्दा घरको न घाटको हुने भयले निस्केका असन्तुलित बिचारहरुले टोपबहादुरको स्तरहीनता बाहेक केही पुस्टी नगर्ने दावी गरेका छन् ।

उनले थपेका छन्, ‘माओवादीले २०६९ फागुनमा छैठौं महाधिवेशन गरेको थियो, २०७० असोजमा मा राष्ट्रीय सम्मेलन गरेको थियो ( त्यहॉ बाट सचिवमा निर्वाचित भइ फर्किएर पेरिसडांडा र सिंहदरबारमा राज गरुन्जेल तपाईलाई गजब चैन थियो । आज एमालेबाट पनि असुरक्षित भए पछि, असंवैधानिक मन्त्री पद खुस्केर चर्चाहीन भए पछि मालिक रिझाउन र फोस्रो चर्चा पाउन तपाईंले गरेको बेचैन तिकडम अश्लील र पकपीडक छ । तर तपाईंले बुझ्न नसकेको कुरा के छ भने यसबाट माओवादीलाई घाटा हुंदैनस बरु तपाई जस्ता ग़द्दारहरु बिरुद्ध थप इख सहित एकीकृत हुन यसले प्रेरित गर्छ । चिन्तनहीन र परजीवि सोचर शैलीका तपाईहरुका राजनीति यसरी सकियो कि सपना बेचेर थुपारेका आलिशान महलमा कुकुरसंग खेलेर बस्ने हैसियत बाहेक तपाईंका टाट पल्टेका दोस्तहरुसंग अरु केही बाँकी छैन ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार