अमेरिकामा एकैदिन थप ३८ हजार बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ६५ लाख ८८ हजार पार
काठमाडौं । अमेरिकामा एकैदिन थप ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सका अनुसार योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ११ हजार ९३२ जनामध्ये १४ हजार ५०० जनाको अवस्था गम्भीर रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ३२८ पुगेको छ । थप पढ्नुहोस् ...











