काठमाडौं । विश्वमा कोरोना भाइरस(कोभिड्-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख पार भएको छ ।
वल्डोमिटर्सका अनुसार पछील्लो २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो ।
एकैदिन २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै पुगेको छ ।
संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।