संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ
नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न नपाइने । तर, पार्टीभित्रको आन्तरिक लडाईमा अल्पमतमा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था विपरीत संसद विघटनको सिफारिस गरे, जसलाई संविधानको संरक्षक भनिएका राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेकी छिन् । सरकारको यो कदमले नेपालको राजनीतिमा दूरगामी असर पार्ने निश्चित छ । गैरसंवैधानिक ढंगबाट भएको संसद विघटनले नेपालको संविधानमाथि ‘कू’ गरेको प्रष्टै छ । संविधानको धारा ७६ (५) अनुसारको अवस्था अर्थात् प्रतिनिधि सभाबाट बहुमतको सरकार बन्न सक्ने सम्भावना नै नभएमात्र मध्यावधि निर्वाचन हुनसक्छ । यसर्थ, पप्रतिनिधि सभा भंग गर्ने घोषणा गैरसंवैधानिक छ, अलोकतान्त्रिक छ । जबकी नेपालको संविधानको धारा ६१ को उपधारा (४) मा लेखिएको छ, ‘‘संविधानको पालन र थप पढ्नुहोस् ...














