भिम चापागाईको ‘मायाको हाँसो’ सार्वजनिक, पुष्प खड्का र आयुषाको अभिनय, भिडियो चर्चामा
काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत 'मायाको हाँसो' सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् । लक्षु प्रकाश मल्ल विश्वकीर्तिमानी संगीतकार हुन । गीतको मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले सम्पन्न गरेका छन्। गीतको रेकर्डिङ कार्य १ डिबी स्टुडियोमा रेकर्डिस्ट राज खड्काले सम्हालेका हुन्। समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लले साथ दिएका छन्।'मायाको हाँसो' को अडियो तथा भिडियो भिम चापागाईंको आधिकारिक च्यानल 'Bhim Chapagain Official' युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो पक्षमा पनि गीतले उच्च स्तर कायम गरेको छ । भिडियोलाई निर्देशक अशोक बीकेले निर्देशन गरेका छन् थप पढ्नुहोस् ...













