‘मनको बाघले खाल्ला जिन्दगी’ बाट मनोज डंगोललाई सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड

उज्यालो प्रतिनिधि २ बैशाख २०८२, मंगलवार कला/साहित्य

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रका प्रतिभाशाली ध्वनि सम्पादक मनोज डंगोलले फेरि एकपटक आफ्नो दक्षताको प्रमाण प्रस्तुत गर्दै तेस्रो स्टार म्युजिक भिडियो अवार्ड २०२५ मा सर्वोकृष्ट ध्वनि सम्पादकको उपाधि प्राप्त गरेका छन्।उक्त अवार्ड उनले “मनको बाघले खाल्ला जिन्दगी” बोलको भावनात्मक गीतमा दिएको उत्कृष्ट ध्वनि संयोजनका लागि प्राप्त गरेका हुन्।अवार्ड समारोह राजधानीको लाजिम्पाटस्थित डुसिट प्रिन्सेस काठमाडौं — अत्याधुनिक ४.५ तारे होटल — मा आयोजित गरिएको थियो। पूर्व खानेपानी मन्त्री विना मगरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमले नेपाली म्युजिक भिडियो क्षेत्रमा क्रिएटिभ प्रतिभालाई सम्मानित गर्‍यो।

हाल स्टुडियो २१ रेकर्डिङ स्टुडियोमा आवद्ध रहेका डंगोल विगत केही वर्षदेखि निरन्तर रूपमा आफ्नो सशक्त ध्वनि सम्पादन शैलीमार्फत दर्शक र स्रोताको मन जित्दै आएका छन्।उनले यसअघि पनि: स्टार म्युजिक एन्ड फिल्म्स अवार्ड २०७८ मा “पाउ हजुरको” गीतबाट,पाँचौं मनास्लु राष्ट्रिय अवार्ड २०७८ मा,र स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा पनिसर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन्।

मनोज डंगोलका लागि ध्वनि सम्पादन केवल प्रविधि होइन — त्यो भावना, कथा र जीवनको गहिरो अनुभूति हो। हरेक ध्वनिको लयमा उनले श्रोताको मन छुने कथा बुनिरहेका हुन्छन्, जुन कारणले उनलाई अहिलेको समयका अग्रणी ध्वनि सम्पादकमध्ये एक मानिन्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार