दर्शकको मन जित्दै सामाजिक सिरियल “जीवनको रङ्ग केशरी”

उज्यालो प्रतिनिधि २ बैशाख २०८२, मंगलवार कला/साहित्य

सुरेश तिमल्सिना, काठमाडौँ । बर्खाको बेला उर्लेर आएको खहरे खोलाले आमाबुवालाई बगाएपछि केशरी र उसको बहिनी सुस्मा टुहुरा हुन्छन । यहीँ घटनालाई आधार बनाएर गत कार्तिक २ गतेबाट हरेक शुक्रबार बेलुकी केशरी अफिसियल युटुव च्यानल मार्फत प्रशारणमा आईरहेको सामाजिक कथा झल्कने सिरियल “जीवनको रङ्ग केशरी” ले यतिबेला दर्शकको मन जितिरहेको छ ।

सिरियलको लेखन सुवास सुबेदिले गर्दै आईरहेका छन भने वसन्तको भुमिका समेत उनी आफैंले गर्दै आईरहेका छन् । हाल युटुबमा मात्रै आईरहेको सिरियल छिट्टै नै टेलिभिजनमा समेत प्रशारण हुने सिरियलका निर्देशक तथा निर्माता सरोज घिमिरे बताउछन । घिमिरे भन्छन् “हामिले हाम्रै समाज भित्रैको कथा भन्ने हो, केशरी हाम्रै समाजको कथा हो । जुन हिसाबको कथा छ त्यो हामी सबैको जीवनसँग मिल्न गएको प्रतिक्रिया दर्शहरुबाट पाईरहेका छौँ । सोही कारणले हामिलाई अझै अगाडि बढ्न प्रेरणा मिलिरहेको छ ।”

सिरियलमा केशरीको भुमिका आयुस्मा कार्किले गरेकी छिन भने कलाकारहरु देशभत्त खनाल, रमा थपलिया, सविन बास्तोला, सिरु विष्ट, सुवास सुवेदी, अमृता श्रेष्ठ , रमेश बुढाथोकी, सुप्रभा अधिकारी, मौसम कार्की, नारायण क्षेत्री लगायतले अभिनय गर्दै आईरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार