‘नगर न रिस–२’ एलओडी क्लबबाट सार्वजनिक, तामाङ चलचित्रका महानायक अमिर दोङको अभिनय

उज्यालो प्रतिनिधि १ बैशाख २०८२, सोमबार कला/साहित्य

काठमाडौ । तामाङ चलचित्रका महानायक अमिर दोङ अभिनित नयाँ सेलो गीत ‘नगर न रिस–२’ को अफिसियल म्युजिक भिडियो शनिबार राति ठमेलस्थित एलओडी (Lord of the Drinks) नाइट क्लबबाट सार्वजनिक गरिएको छ।

गायक रन्जित लामा वाइबा र गायिका जितु लोप्चनको स्वरमा सजिएको उक्त गीतको शब्द रन्जित वाइबाले लेखेका हुन् भने संगीत सानुबाबु घिसिङले भरेका छन्। भिडियोमा अमिर दोङसँगै बिना राउत, दिपु श्रेष्ठ, लक्की लामा, मन्जित, अमृत कुमार तिमल्सिना र रोशन न्यौपानेको अभिनय देख्न सकिन्छ। भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजु लामा थिङको रहेको छ।

एलओडी क्लब, जुन सन् २०२३ मा युकेस्थित डिजे म्यागले प्रकाशित गरेको विश्वकै उत्कृष्ट १०० क्लबको सूचीमा ५०औं स्थानमा परेको थियो, त्यसै क्लबबाट सम्भवतः पहिलोपटक सेलो गीत सार्वजनिक भएको हो। नगर न रिस–२ टिमले यसलाई सेलो संगीतको इतिहासमै विशेष घटना मानिएको बताएको छ।

सम्धि–सम्धिनी शब्दको विवाद र चर्चाको बीचमा ‘नगर न रिस–२’

गीत ‘नगर न रिस–२’ केही समय अघि तामाङ चलचित्र संघका अध्यक्ष तथा चर्चित नायक कुमार मोक्तानसँग जोडिएको विवादास्पद विषय ‘सम्धि–सम्धिनी’लाई लिएर चर्चामा आएको थियो। मोक्तानले सार्वजनिकरूपमा ‘सम्धि–सम्धिनी’ शब्दको प्रयोग गलत सन्दर्भमा गरिएको भन्दै असहमति जनाएका थिए। तामाङ समुदायका केही भागमा उक्त सम्बन्ध दाजु–बहिनीसरहको मान्यता रहे पनि, गीतमा त्यसलाई ‘सोल्टा–सोल्टिनी’को रुपमा चित्रण गरिएको विषयले सामाजिक सञ्जालमा बहस र गालीगलौजको कारण बनेको थियो।

यही विवादास्पद शब्द प्रयोग भएको गीतमा अमिर दोङको अभिनय देखिनुले आम दर्शकमाझ प्रश्न उब्जाएको छ—के दोङ र मोक्तानबीच आन्तरिक मनमुटाव छ? यद्यपि, दुवै कलाकारलाई सार्वजनिक कार्यक्रममा मामा–भाञ्जाको नातामा हाँसीखुशी देखिएको प्रसंग पनि भेटिन्छ।

कमर्सियल ट्रेन्ड बनाम मौलिकता

हाल सेलो संगीत बजारमा मौलिकतामाथि बहस भइरहँदा ‘नगर न रिस–२’ कमर्सियल शैलीमा निर्माण गरिएको छ। सामाजिक सञ्जालमा कमर्सियल गीतले मौलिकताको क्षय गराएको आरोप लागिरहे पनि, यस्ता गीतहरू डिजिटल प्लेटफर्ममा लोकप्रिय बन्दै गएका छन्। ‘नगर न रिस–२’ ले त्यसै ट्रेन्डलाई पछ्याउँदै दर्शक–श्रोतालाई लक्षित गरिएको देखिन्छ । भिडियोको छायांकन, सम्पादन र कलरिङको जिम्मा जितु तामाङले सम्हालेका छन्। अब भने, ‘नगर न रिस–२’ ले दर्शक स्रोताबाट कस्तो न्याय पाउँछ, त्यो भने समयले नै बताउनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार