‘अबको बजेट आत्मनिर्भर अर्थतन्त्रको ढाँचामा आउनुपर्छ’
काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेकले सरकारलाई नीति तथा कार्यक्रम र बजेटमार्फत केरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को शुक्रबारदेखि शुरु हुने अधिवेशनका सम्बन्धमा राससको जिज्ञासामा नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बजेटका प्राथमिकता कोभिड–१९ को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भर मै केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निजीकरण र उदारीकरणको नाममा विदेशी बस्तु आयात गर्ने, विदेशी कम्पनी र विप्रेषणमा निर्भर रही आएको अर्थतन्त्रको युग अब करिब समाप्त भएको छ, अबको बजेट आत्मनिर्भर अर्थतन्त्रको ढाँचामा आउनुपर्छ ।’ बजेट अधिवेशनका रुपमा रहने यस अधिवेशनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेछन् । प्रत्येक वर्ष जेठ महिनाको १५ गते सङ्घीय संसद्मा थप पढ्नुहोस् ...












