भुल्केमा थप ३३५ जनाको स्वाब सङ्कलन

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार २ नं. प्रदेश

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ ।

भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

भुल्केमा पहिलो चरणको स्वाब परीक्षणमा १२ भारतीय नागरिकसहित १६ जना स्थानीय मुस्लिम परिवार गरेर २८ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थाबारे अध्ययन गर्न पटक पटक कोरोनासम्बन्धी स्वाब सङ्कलन र परीक्षण गरिँदै आएको छ । पहिलो चरणको स्वाब सङ्कलन र परीक्षणमा २८ जनामा कोरोना देखिए पनि त्यसपछि पटक पटक गरेर तीनपटक परीक्षण गरिएको र पछिल्लो चरणका परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा कोरोना सङ्क्रमित २८ जना सबैको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये ६ जना भारतीय नागरिकको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार डिस्चार्ज गरिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार