निर्माणधीन दुईओटा पुलको निर्माण सामग्री बगाउँदा २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति
धादिङ । थाक्रे गाउँपालिकाको महेशखोलाको बाढीले बुधबार साँझ निर्माणधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ । पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने आठकिलोमा ढलानको तयारीमा रहेको पुलको सबै निर्माण सामग्री बगाएको पुल निर्माण कम्पनीका प्रमुख केशब गजुरेलले जानकारी दिनु भएको हो । यस्तै, थाक्रे गाउँपालिकाकै वडा नम्बर २ को सिम्लेमा पनि महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको छ । दुवै पुलको निर्माण सामग्री बगाउँदा २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाक्रे गाउँपालिकाले बताएको छ । थप पढ्नुहोस् ...












