बाग्लुङ । सुक्खा पहिरोका कारण बागलुङ बजारमा ल्याइएको खानेपानीको मुख्य पाइप नै बगाएपछि बजार क्षेत्रमा खानेपानीको समस्या भएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुक्खा पहिरोले खानेपानीको मुख्य पाइप बगाएपछि बागलुङ बजार क्षेत्रमा खानेपानीको समस्या भएको हो । केही दिन पहिला बाढीसँगै आएको पहिरोले बगाएको पाइप मर्मतकै चरणमा थियो ।
बुधबार मर्मत सम्पन्न गरेर पानी सञ्चालन गर्ने क्रममा माथिबाट आएको पहिरोका कारण पाइप पुनः बगाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।






