धादिङमा ढुंगाले लागेर एक बालिकाको मृत्यु

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

धादिङ । जिल्लाको गजुरीमा ढुंगा लागेर एक बालिकाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नम्बर – ३ सानो भन्ज्याङ (काउसे) बस्ने मधु प्रजाकी ७ वर्षीया छोरी निशा प्रजा रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए

उनका अनुसार काउसेमा सिँचाई कुलो मर्मत गरेको स्थानभन्दा केहि तल खोला नजिकै मृतक निशा प्रजा सहित ४ जना बालबालिका खेलिरहेका थिए । सोहि क्रममा त्यहाँका स्थानिय गुमानध्वज बरुवालले कुलो सफा गर्ने क्रममा कुलोमा राखेको ढुंगा फाल्दा, ढुंगाले टाउकोमा लागेर ७ बर्षिय बालिका निशा प्रजा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते निशाको केहि समयमै मृत्यु भएको थियो । अन्य ३ बालबालिका भने सकुसल रहेका छन् ।

घटनालगत्तै ५९ बर्षिय गुमानध्वज बरुवाललाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार