निर्माणधीन दुईओटा पुलको निर्माण सामग्री बगाउँदा २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

धादिङ । थाक्रे गाउँपालिकाको महेशखोलाको बाढीले बुधबार साँझ निर्माणधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ ।

पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने आठकिलोमा ढलानको तयारीमा रहेको पुलको सबै निर्माण सामग्री बगाएको पुल निर्माण कम्पनीका प्रमुख केशब गजुरेलले जानकारी दिनु भएको हो ।

यस्तै, थाक्रे गाउँपालिकाकै वडा नम्बर २ को सिम्लेमा पनि महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको छ ।

दुवै पुलको निर्माण सामग्री बगाउँदा २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाक्रे गाउँपालिकाले बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार